समाचारबुधबार, साउन ७, २०७१

माघभित्रै संविधान घोषणा असम्भवः कमल थापा

हिमालखबर

राप्रपा नेपाल हेटौँडा नगर समितिले ७ साउनमा आयोजना गरेको नगरस्तरीय भेलाको उद्घाटन गर्दै अध्यक्ष कमल थापाले प्रमुख दलले मुलुकका संवैधानिक अङ्ग, मन्त्रिपरिषद् र सुरक्षा निकायलाई राजनीतिक भागबण्डा र हस्तक्षेपबाट मुतm नतुल्याएसम्म प्रजातन्त्रको भविष्य उज्ज्वल नहुने बताएका छन् ।

ठूला राजनीतिक दलहरु नै संविधान निर्माणप्रति उदासिन भएको आरोप लगाउँदै उनले तोकिएको समय (८ माघ) भित्र संविधान घोषणा हुने कुनै सम्भावना नरहेको दाबी गरे । नेताहरुले संविधान समयमै निर्माण हुन्छ भन्ने गरेको तर त्यो समय भने कहिले आउने हो भन्ने निश्चित नभएको थापाको टिप्पणी थियो ।

पार्टीको नीति र सिद्धान्तलाई निस्वार्थ भई आत्मसात् गर्न र आ–आफ्नो जिम्मेवारी बहन गर्न पनि उनले पार्टी कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>