थप समाचारबुधबार, साउन ७, २०७१
भेरी अस्पतालमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुरस्थित कार्यालयबाट खटिएको टोलीले भेरी अञ्चल अस्पतालमा आर्थिक अनियमितता भएको भन्ने सूचनाका आधारमा ७ साउनमा अस्पतालमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ ।
औषधी खरिद, भवन निर्माण, सटर भाडा, कर्मचारी नियुक्ति लगायत अन्य विभिन्न विषयमा अनियमितता भइरहेको सूचनाका आधारमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिइएको अनुसन्धान अधिकृत हरीबहादुर खत्रीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका कागजपत्रको प्रारम्भिक अनुसन्धान भइरहेको र त्यसपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए ।
आयोगले छापा मारेर कागजपत्र नियन्त्रणमा लिए पनि कसैलाई पनि पक्राउ भने गरेको छैन ।
तुफान न्यौपाने, नेपालगञ्ज

