थप समाचारबुधबार, साउन ७, २०७१

भौतिक आक्रमणको धम्कीबाट पत्रकार विस्थापित

हिमालखबर

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य तथा कारोबार दैनिकका कालिकोटस्थित सम्वाददाता रमेश रावललाई समाचार संप्रेषण गरेको आधारमा विभिन्न पक्षबाट धम्की आई ज्यानको असुरक्षा भएपछि उनी काठमाडौं आएका छन् ।

रावललाई धम्की दिइएकोप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“प्रकाशित समाचारप्रति गुनासो वा असहमति रहे त्यसको कानुनी उपचारको विकल्प हुँदाहुँदै पत्रकारलाई ज्यानको धम्की दिई विस्थापित हुन बाध्य बनाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो,” महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिसन टोली खटाइयो
महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पत्रकार रावललाई जिल्ला फर्केर सुरक्षित वातावरणमा पत्रकारिता गर्ने अवस्था सिर्जना गरिदिन स्थानीय प्रशासनसँग माग गरेको छ ।

त्यसैगरी रावललाई विस्थापित हुन बाध्य पारिने सबै कारणसहित सत्य–तथ्य छानबिन गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय झलक गैरे र नवराज महतारासहितको ‘मिसन’ टोली कालिकोटतर्फ प्रस्थान गरिसकेको छ ।

मिसन टोलीको रिपोर्टको आधारमा महासंघले थप अभियान थाल्ने पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>