समाचारशनिबार, आश्विन ६, २०६९

नयाँ सरकारका लागि राष्ट्रपतिले पहल गर्नुपर्छ: नेता ओली

हिमालखबर

६ असोजमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै नेता ओलीले अब बन्ने नयाँ सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्ने पनि वताए ।   नेपाली काँग्रेसमा प्रधानमन्त्री चयनमा विवाद हुने र प्रधानमन्त्रीको नाम समयमा सिफारिस नगरेमा एमालेबाट प्रधानमन्त्री बन्ने पनि उनले दावी गरे ।
प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यशैली तानाशाही भएको आरोप लगाउँदै नेता ओलीले संविधानसभाको विघटनदेखि हालसम्म प्रधानमन्त्रीले मनपरि गरेको आरोप लगाए ।

राष्ट्रपति संविधानको संरक्षक र पालनकर्तासमेत रहेकाले छिटोभन्दा छिटो मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उनको भनाई थियो ।

उनले प्रधानमन्त्रीले दलित र चेपाङसँग भेट्ने र रात बिताउने नाममा सरकारी ढुकुटीको व्यापक दुरूपयोग गरिरहेको आरोप लगाएका थिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>