समाचारआइतबार, आश्विन ७, २०६९
बाँदर ठानेर बन्दुक पडकाउँदा श्रीमतिको मृत्यु
घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले गोली हानेका थिए । पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुकुमकोटले जनाएको छ ।
उनले हानेको बन्दुकको गोली श्रीमतीको घाँटीमा लागेको थियो । वेदप्रकाशलाई बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । घटना ६ असोजमा भएको भए पनि सञ्चारको अभावमा राति अबेर मात्र प्रहरी घटनास्थल पुगेको थियो ।
यस्तै गत ८ भदौमा अर्घाखाँची सिद्धारा–८ डुम्रे खोलाका एक बाबुले मकैबारीमा बाँदर आएको ठानी गोली पडकाउँदा बाँदर धपाउन गएका छोरा चित्रबहादुरको मृत्यु भएको थियो । रासस
