थप समाचारशनिबार, साउन १०, २०७१
एमाले अध्यक्ष ओली अस्पतालबाट फिर्ता
सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचाररत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ९ साउनमा अस्पतालबाट फिर्ता भएका उनका सहयोगीले बताएका छन् ।
७ साउनमा अस्पताल भर्ना भएका ओलीको दायाँ हात फङ्गल सङ्क्रमणका कारण सुन्निएको थियो ।
अध्यक्ष ओलीका सहयोगी इन्द्र भण्डारीले ओलीको परीक्षण सकिएको र प्रतिवेदन पनि सामान्य आएकाले फिर्ता भएको जानकारी दिए ।
ओली केही दिन सिङ्गापुरमा आराम गरी सम्भवतः ४–५ दिनमा स्वदेश फर्कनेछन् ।

