थप समाचारआइतबार, साउन ११, २०७१
नाति बचाउन खोज्दा बज्यै र नाति भेरीमा बेपत्ता
जाजरकोटको सीमा गाविस– ९ छेडाचौरकी सरिता नेपाली र उनका ६ वर्षीय नाति जयबहादुर नेपाली भेरी नदीमा बगेर बेपत्ता भएका छन् ।
१० साउन साँझ ६ बजे नातिलाई लिएर भेरी नदीमा कपडा सफा गरिरहँदा नाति एक्कासि नदीमा बगेपछि नातिलाई जोगाउन खोज्दा बज्यै सरिता पनि सँगै बेपत्ता भएकी स्थानीय पूर्ण महतराले बताए ।
उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।
यहाँ पानीको समस्या हुँदा लुगा धुन, नुहाउन र पिउने पानीका लागि पनि भेरी नदीमै भर पर्नु पर्छ । रासस
