थप समाचारसोमबार, साउन १२, २०७१

गालीगलौजको निहुँमा चिकित्सकद्वारा अस्पताल बन्द

हिमालखबर

विद्रोही गिरी, नवलपरासी

अस्पतालका सञ्चालक समिति अध्यक्ष महेन्द्र पोखरेल र सहसचिव बालकृष्ण घिमिरेले गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले सबै सेवा ठप्प पारेका हुन् । ११ साउन रातिदेखि सबै सेवा बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि अस्पतालमा बिरामीले सेवा लिन पाएका छैनन् ।

अस्पतालमा भर्ना भएका ८ जना बिरामीलाई डिस्चार्ज गरेपछि अस्पतालमा सेवा नदिइएको डा. किरण सोतीले बताए । ११ साउन राति टेलिफोनबाट आफू लगायतका स्वास्थ्यकर्मीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष पोखरेल र सहसचिव घिमिरेले धम्काएको उनको दावी छ ।

डा. सोतीले भने, “कुनै माग राखेको भए पो गाली गर्नु त, त्यसै रातको समयमा गाली गरेपछि असह्य भयो र सेवा बन्द गरेका हौं ।” तर, सञ्चालक समितिका अध्यक्ष महेन्द्र पोखरेलले भने आफू ११ साउन राति अस्पतालमा गएपनि गालीगलौज भने नगरेको बताए ।

अस्पतालमा भएको विवादको विषयमा छलफल गरेर टुंगोमा पुग्न सकिने उनको भनाइ छ । अस्पतालका प्रशासक दीपक केसीले फोन गरेर घटनाबारे जानकारी पाए पनि यथार्थ थाहा पाउन नसकेको बताए ।

मध्यविन्दु सामुदायिक स्मृति अस्पताल जनस्तरबाट महायज्ञ गरी उठेको रकमबाट संचालित अस्पताल हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>