समाचारसोमबार, साउन १२, २०७१

वीर अस्पताल सुधार्न आन्दोलन

हिमालखबर

न्याम्सअन्तर्गत आवासीय चिकित्सक संघले ११ साउनदेखि शुरु गरेको आन्दोलन १२ साउनमा पनि जारी राखेका हुन् । ‘बिरामी अस्पताल’ घोषणा गर्दै उनीहरुले आकस्मिक सेवाबाहेक अन्य सेवा प्रभावित हुने गरी आन्दोलन गरिरहेका हुन् ।

संघले अस्तपालमा बिग्रिएको सिटी स्क्यान, एमआरआई, एक्सरे र भिडियो मेशिन मर्मत गर्नुपर्ने, न्याम्सको कुलपति, रजिष्ट्रार र रेक्टरको नियुक्ति हुनुपर्ने, दीक्षान्त समारोहको मिति तय हुनुपर्ने लगायतका माग अघि सारेको छ ।

संघका अध्यक्ष डा. मङ्गल रावलले भने, “हाम्रो आन्दोलन बिरामीका असुविधाका लागि होइन, वीर अस्पतालको सुधारका लागि हो ।” विगत चार महिनादेखि न्याम्सको पदाधिकारी रिक्त रहेको छ भने दश वर्षदेखि दीक्षान्त समारोह हुन सकेको छैन ।

अत्यावश्यक उपकरण बिग्रिएका कारण बिरामी अन्यत्र गई सेवा लिन बाध्य भएको र अध्ययन गर्ने चिकित्सकहरुलाई थप अध्ययनमा असुविधा परिरहेको सङ्घले जनाएको छ ।

“हामी वीर अस्पतालको सुधार गर्न चाहन्छौं, मागबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मेडिकल काउन्सिललगायत सम्बन्धित निकायमा ध्यानकर्षण गराउँदा सुनुवाइ नभएका कारण आन्दोलनमा उत्रिएका हौँ,” सङ्घका अध्यक्ष रावलले बताए ।

अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा लिन दैनिक १ हजार ५०० भन्दा बढी बिरामी पुग्ने गर्छन् । २०६३ देखि न्याम्सअन्तर्गत जेठो र पुरानो वीर अस्पताल सञ्चालन हुँदै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>