समाचारसोमबार, आश्विन ८, २०६९
तीन दलले राष्ट्र असफल बनाउँदैछन्: राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनशक्ति पार्टीको एकताको धनुषा जिल्ला अधिवेशनलाई ७ असोजमा जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष राणाले वर्तमान अन्यौलबाट मुलुकलाई निकास दिन सहमतिको सरकार गठनका लागि प्रधानमन्त्री भट्टराइृले पद त्याग गर्नु अनिवार्य रहेको वताए ।
उनले सहमतिको नाउँमा दलहरुले जनतालाई ठगीरहेको भन्दै नयाँ नेपालको नाउँमा सरकारले जनतालाई महँगी र भ्रष्टाचारको उपहार दिएको आरोप लगाए । राणाले मुलुकको राष्ट्रियता अत्यन्तै कमजोर भएको पनि टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संघीय राज्य पार्टीको लक्ष्य नभए पनि जनतालाई अधिकार दिलाउन यो एक उपायमात्र हुन सक्ने धारणा व्यक्त गरे । उनले भने, “हामी कुनै खास जातजातिको संघीयताको पक्षमा छैनौ ।” संघीयताको नाउँमा माओबादीले एक दलीय अधिनायकबाद लाद्न चाहेको लोहनीको आरोप छ ।
उद्घाटन सत्रलाई दुबै पार्टीका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । पार्टीका सोमबार हुने बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने आयोजकले जनाएको छ ।
बटुकनाथ झा, जनकपुर
