समाचारमंगलबार, साउन १३, २०७१

रिम्पोचेको शव नेपालमै अन्त्येष्टि गर्न अनुमति

हिमालखबर

१३ साउन बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्यामार्पा रिम्पोचेको पार्थिव शरीर (कुदुङ) काठमाडौंको रानी वनमा अन्त्येष्टि गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए ।

यसअघि विदेशी नागरिकको शव नेपालमा ल्याउने व्यवस्था नभएको भन्दै सरकारले अनुमति दिएको थिएन । उनका अनुयायीहरुको दबाब पछि सरकारले नेपालमै अन्त्येष्टि गर्न दिने निर्णय गरेको हो ।

नेपाललाई कर्मथलो बनाएका रिम्पोचेले आफ्नो अन्त्येष्टि नेपालमै होस भन्ने चाहना राखेका थिए ।

हिमाली काग्यु सम्प्रदायका १४ औं अवतारी श्यामार्पा रिम्पोचेको २८ जेठमा जर्मनीमा हृदयघात भएर निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>