समाचारमंगलबार, साउन १३, २०७१
ओली सिंगापुरबाट फर्किए
सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराएर एमाले अध्यक्ष ओली १३ साउन दिउँसो स्वदेश फिर्ता भएका छन् ।
९ साउनमा डिस्चार्ज भएका ओली १३ साउन दिउँसो काठमाडौं आइपुगेका हुन् ।
अध्यक्ष ओलीको दायाँ हत्केलामा संक्रमण भई सुन्निने क्रम नघटेपछि चिकित्सकको सल्लाहमा उपचार गराउन ६ साउनमा सिङ्गापुर गएका थिए ।
ओलीका अनुसार अहिले उनको हातको समस्यमा सुधार आएको छ ।
