समाचारमंगलबार, साउन १३, २०७१
नेकपा–माओवादीका जिल्ला नेता हत्या अभियोगमा पक्राउ
प्रहरीले नेकपा–माओवादीका अर्घाखाँची जिल्ला सह–सेक्रेटरी भोला बस्याललाई अर्घाखाँचीको ठाडा–५ रजिया कुडापानीबाट १२ साउन राति पक्राउ गरेको छ ।
२०६७ सालमा पाल्पा, देउरालीका यज्ञ आचार्यको हत्या गरेको आरोप लागेका बस्याललाई मृतककी श्रीमतीले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो ।
“इलाका प्रहरी कार्यलय बुटवलमा परेको जाहेरी अनुसार बुटवलले यहाँ रहेका बस्याललाइ पक्राउ गर्न परिपत्र गरेपछि उनलाई पक्राउ गरी बुटवल पठाइएको छ,” प्रहरी नायब उपरीक्षक दिपेन्द्र जिसीले भने ।
बस्यालमाथि कर्तब्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान गरी कारवाही अगाडि बढाइने इलाका प्रहरी कार्यलय बुटबलका प्रहरी सहायक निरीक्षक नवराज पोख्रेलले बताए ।
प्रेमनारायण आचार्य, अर्घाखाँची
