थप समाचारबुधबार, साउन १४, २०७१
गण्डक बाँध मर्मत नसकिँदै ठोकर भत्किन थाले
नवलपरासीको नारायणी (गण्डक) नदीमा बाँध मर्मत कार्य नसक्दै १२ नम्बर ठोकरको अगाडिको भाग सामान्य बाढीले भत्काएपछि यसक्षेत्रका बासिन्दामा त्रास फैलिएको स्थानीय प्रेमचन्द्र गुप्ताले बताए ।
नदीको पानी बाँधबाट छुटेपछि बन्ने धारलाई रोक्नका लागि बनाइएका ठोकरमध्ये १२ नम्बर ठोकरको मूल लम्बाइ १६३ मिटर रहेकामा पछिल्लो वर्ष आएको बाढीले ठोकर भत्काएर जम्मा ४४ मिटरमा सीमित बनाएको थियो ।
आठ लाख ५० हजार क्युसेक पानी आउँदासमेत पानीको दबाब छेक्न सक्ने गरी इन्जिनियरिङ गरिएको भनिएको गण्डक नहर परियोजनामा ६ लाख २९ हजार ५० क्युसेक मात्र पानी आउँदा सन् २००२ मा बाँध भत्केर गरेर नारायणी नदीले पक्लिहवा, गुठीप्रसौनी, बैदौली, त्रिवेणीसुस्ता लगायतका दर्जनौँ नेपाली गाउँ डुबाउँदै भारतीय ठूलो भूभागमा समेत करोडौँको क्षति पु¥याएको थियो ।
अहिले ठोकर एवम् बाँधको मर्मतको ठेक्का पाएको भारतीय सिटी कन्स्ट्रक्सन कम्पनीले १२ नम्बर लगायतका ठोकर मर्मतका क्रममा पुरानो लम्बाइमा नपु¥याई नदीले भत्काएर रहेको भारतमा मात्र ठोकरको मर्मत गरिएको छ ।
स्थानीयवासी एवम् गण्डक क्षेत्रका जानकारका अनुसार कम्पनीले ठोकरको निर्माणमा ठोकरको तल्लो भागमा कुनै प्रकारको बेस नबनाई सिधा ठोकरको नोज मात्र टालेकाले गण्डक नदीमा आएको अहिलेको सामान्य बाढीले पनि ठोकर भत्काउन थालेको हो ।
यस वर्ष पछिल्लो वर्ष जत्तिकै बाढी नारायणी नदीमा आउने हो भने गण्डक नदीले बाँधलाई भत्काउने अवस्था आउने स्थानीयवासीको भनाइ छ ।
रासस
