समाचारबुधबार, साउन १४, २०७१

संस्कृत विश्वविद्यालयमा अख्तियारको छापा

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर सम्पर्क कार्यालय बाँकेले १४ साउन दिउँसो नेपाल संस्कृत विश्वविद्यालयको दाङ्स्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ । आर्थिक अनियमितताको उजुरी र सूचनाका आधारमा  विश्वविद्यालयमा छापा मारेको अख्तियारका अनुसन्धान अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

खत्रीका अनुसार विश्वविद्यालयको निर्णय, बिल–भर्पाई लगायत सम्पूर्ण कागजात अख्तियारले नियन्त्रणमा लिएको छ ।

अनुसन्धान अधिकृत खत्री नेतृत्वको टोली दिउँसो दाङ बेलझुण्डीस्थित विश्वविद्यालयको कार्यालयमा पुगेको थियो ।

–तुफान न्यौपाने, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>