समाचारबुधबार, साउन १४, २०७१
अधिकारी दम्पतीको स्वास्थ्यबारे जानकारी गराउन निर्देशन
१४ साउनमा बसेको संसद बैठकमा सभासद्हरुले आफ्ना छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनशन बसेका गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्यबारे ध्यानाकर्षण गराएपछि उनीहरुको स्वास्थ्य स्थितिबारे संसदलाई जानकारी गराउन सभामुख सुवास नेम्वाङले सरकारलाई निर्देशन दिएका छन् ।
नेम्वाङले अधिकारी दम्पतीलाई नियमित स्वास्थ्य उपचार गर्न र त्यसबारे संसद्लाई जानकारी गराउन समेत सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
करिब ९ महिनादेखि वीर अस्पतालको शैयामा अनशनरत अधिकारी दम्पतीको स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकहरुले बताएका छन् ।

