थप समाचारबुधबार, साउन १४, २०७१

रिम्पोचेको पार्थिव शरीर दर्शनका लागि खुला

हिमालखबर

श्यामार्पा रिम्पोचेको पार्थिव शरीर १३ साउनमा विमानस्थलबाट रानीबनस्थित गुम्बा लगिंदै । तस्वीर: देवकी बिष्ट

६२ वर्षको उमेरमा २८ जेठमा जर्मनीमा हृदयघातका कारण मृत्यु भएका १४ औं श्यामार्पा रिम्पोचेको पार्थिव शरीर रानीवनस्थित गुम्बामा दर्शनका लागि राखिएको छ । उनको पार्थिव शरीर १३ साउनमा काठमाडौं ल्याइएको थियो ।

रिम्पोचेको पार्थिव शरीरको दर्शन गर्न स्वदेशी तथा विदेशी अनुयायीहरुको ठूलो घुइँचो लागेको छ । गुम्बा परिसरमा सम्बन्धित धर्मगुरुले विधि विधानपूर्वक ‘मोलाम’ पूजा गरेका छन् । सो पूजाअन्तर्गत प्राणिधान अथवा सम्बन्धित देवी देवतासँग संसारका सम्पूर्ण जीव जीवात्माको सुख शान्तिको कामना गरिएको छ ।

१४ साउन रातिसम्म दर्शनको व्यवस्था मिलाइएको र १५ साउनमा गुम्बा परिसरमा उनको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको गुम्बाका सदस्य दावा साङ्वो ह्युलमोपाले बताए ।

रिम्पोचेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाई विश्वका विभिन्न मुलुकमा ९०० बौद्ध अध्ययन केन्द्रको स्थापना गरेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>