समाचारसोमबार, आश्विन ८, २०६९

विपक्षी दलहरू अन्तर्क्रियामा

हिमालखबर

८ असोज दिउँसो नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा १३ विपक्षी दलहरुको बैठक बस्दैछ भने नेकपा–माओवादीले पनि लाजिम्पाटस्थित एक होटेलमा राजनीतिक अन्तर्क्रिया गर्दैछ ।

राष्ट्रिय सहमतिमा नयाँ सरकार बनाउन र चुनावमा पनि जानेगरी सहमति जुटाउने प्रयासस्वरुप छलफल बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । संविधानसभाको चुनावमा जाने सहमति भए पनि केही दलहरूले विरोध जनाएकाले त्यसमा पनि छलफल हुने कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद वडुले जानकारी दिए । वर्तमान एमाओवादी–मधेसवादी गठबन्धनले नै चुनाव गराउने प्रयास थालेकाले त्यसको विकल्पका बारेमा बैठकमा छलफल हुने बडुले जानकारी दिए ।

त्यसैगरी नेकपा–माओवादीले तीन दलसहीत मधेसी मोर्चाले गरेको निर्णयविरुद्ध एकजुट हुन र निकासका लागि एउटा धारणा बनाउन छलफल राखेको माओवादी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् । छलफलमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबैदललाई बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>