थप समाचारबिहीबार, साउन १५, २०७१

२७० किलो चरेश बरामद

हिमालखबर

तस्वीर: बिम्मी शर्मा

बाराको पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्रकमा लुकाएर राखिएको २७० किलो चरेश पर्सा प्रहरीले लिपनीविर्ता– ६ बाट बरामद गरेको छ ।

१४ साउन राति करिब १२ बजे ना ३ ख ९१५० नं. को ट्रकबाट प्रहरीले उक्त चरेश बरामद गरेको हो ।

ट्रकका चालकको सिटभन्दा माथिल्लो भागमा प्लाईउड ठोकेर बनाइएको खोपाभित्र चरेश फेला पारेको प्रहरीले जनाएको छ ।

चरेशसहित ट्रक चालक मकवानपुर, मनहरीरमनटार–३ का २५ वर्षीय अमोदकुमार विश्वकर्मा, ट्रकमा सवार मनहरीबिजौना– ३ का १७ वर्षीय विजय तामाङ्ग र चितवनको भरतपुर– १० का २५ वर्षीय रामबहादुर तामाङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

-बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>