समाचारबिहीबार, साउन १५, २०७१
डीआईजी भण्डारीलाई निलम्बन गर्न निर्देशन
त्रिभुवन विमानस्थल कार्यरत रहँदा पदको दुरूपयोग गरी भ्रष्टाचार एवं अनियमित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक (डिआईजी) गोपालप्रसाद भण्डारीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
अख्तियारले भण्डारी पदमा रहँदा पदमा बहाल रहिरहँदा आफू विरुद्धका प्रमाण लोप गर्न सक्ने र अनुसन्धानमा नकारात्मक प्रभाव पार्न सक्ने देखिएकोले १५ साउनदेखि लागू हुने गरी पदबाट निलम्बन गर्न निर्देशन दिएको हो ।
भण्डारीले घुस लिएको भन्ने उजूरीमाथि प्रारम्भिक अनुसन्धान गर्दा आरोप पुष्टी भएकोले निलम्बनको निर्देशन दिएको अख्तियारले जनाएको छ ।
