समाचारबिहीबार, साउन १५, २०७१

घुस लिँदै गर्दा उपसचिवसहित ५ पक्राउ

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले १५ साउनमा शहरी भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयकाका उपसचिव सुरेशकृष्ण शर्मालाई अनामनगरस्थित कार्यालयमै रु. ५० हजार घुस लिँदै गर्दा पक्राउ गरेको छ ।

शर्मासँगै उक्त कार्यालयका लेखा अधिकृत यादवबहादुर तिमल्सिना र शाखा अधिकृत रोशनबहादुर कठायत पनि पक्राउ परेका छन् ।

त्यसैगरी अख्तियारले १५ साउनमै विशेष भौतिक पूर्वाधार तथा क्षेत्र विकास आयोजना बबरमहलका अधिकृत  कोमानन्द अधिकारी र इन्जिनियर दीपा श्रेष्ठलाई पनि घुस सहित पक्राउ गरेको छ ।

अख्तियारले दुवैबाट ४०–४० हजार रुपैयाँ बरामद गरेको थियो ।

पक्राउ परेका सबैलाई अख्तियारले अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>