समाचारबिहीबार, साउन १५, २०७१
कृष्णप्रसादका हत्या आरोपीसँग बयान
हत्या आरोपमा फरार तीन आरोपीले १५ साउनमा अदालतमा हाजिर भएर बयान दिएका हुन् । अदालतले वारेन्ट जारी गरेको ७० दिनमा हिमलाल अधिकारी, कालिप्रसाद अधिकारी र मेघनाथ पौडेल बयानका लागि अदालतमा उपस्थित भएका हुन् ।
अदालतले बयान लिएपछि उनीहरु धरौटीमा छुटेका छन् । प्रहरीले हत्या आरोपमा १३ जना विरुद्ध वारेन्ट जारी गरेको थियो । १३ जनामध्ये तीन जना भने यसअघि नै छुटिसकेका थिए ।
न्यायाधीश विनोदमोहन आचार्यको इजलाशबाट धरौटीमा छाड्ने आदेश भएपछि उनीहरु छुटेको अदालतले जनाएको छ । हिमलालले रु. २७ हजार र कालिप्रसाद तथा मेघनाथले रु. २०र२० हजार धरौटी बुझाएर छुटेका हुन् ।
गोरखा, फुजेल–७ का १७ वर्षीय कृष्ण अधिकारीको २४ जेठ २०६१ मा हत्या भएको थियो । उनलाई चितवनको रत्ननगर नगरपालिका–१, बकुल्लहरबाट तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले अपहरण गरी गोली हानेर हत्या गरेका थिए ।
सविता श्रेष्ठ, चितवन
