थप समाचारशुक्रबार, साउन १६, २०७१
नाग पञ्चमीः तस्वीर कथा
देबकी बिष्ट
काठमाडौंको नाग पोखरीमा आज विशेष मेला लागेको छ । नागपञ्चमीका दिन घरको मुल ढोकामा नागको चित्र टाँसेर पूजा गर्दा कल्याण हुने मान्यता छ ।
हिन्दू संस्कृतिमा भगवान शिवले सर्पलाई आफ्नो घाँटीमा बेरेको, विष्णु भगवान नागको ओछ्यानमा सुतेको वर्णन गरेर नागको महत्व दर्शाइएको छ । देव र दानवले समुद्र मन्थन गर्दा बासुकी नागलाई डोरीको रुपमा प्रयोग गरेको समेत पुराणमा वर्णित छ ।
आजको दिन नागको पूजा गरी दूध नैवेद्य चढाउने परम्परा छ ।
