समाचारशुक्रबार, साउन १६, २०७१

मोदीको भ्रमणबाट अधिकतम् लाभ लिनु पर्छ: ओली

हिमालखबर

१६ साउनमा बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई अधिकतम सदूपयोग गरी लाभ लिनुपर्ने बताएका छन् ।

“भारत आफै अग्रसर भएर मित्रताको हात अघि बढाएको छ, यसलाई सदुपयोग गर्नुपर्छ,” ओलीले भने, “विषयगत रुपमा बोल्ने बाहेक निरपेक्ष रुपमा समर्थन वा विरोध गर्नु उचित हुँदैन ।”

छिमेकी भएपछि सीमा, बाँध तथा डुबान जस्ता समस्या स्वभाविक रुपमै आउने भन्दै ओलीले यसलाई कुटनीतिक रुपमै समाधान गर्नुपर्ने धारणा राखे ।
उनले मोदीको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह पनि गरे ।

मोदीका लागि संसदमा नयाँ स्थानको ब्यवस्था
मोदीले व्यवस्थापिका संसदको बैठकलाई पनि संवोधन गर्ने कार्यक्रम तय भएपछि उनलाई ड्यासमै राखिने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा सम्बोधन गर्न जाँदा मोदीलाई राख्ने ड्यसमै राख्ने निर्णय गरेको हो ।

रोष्ट्रम नजिकै सभामुखको छेउमा नयाँ पोडियम बनाएर मोदीलाई राखिने कार्यब्यवस्था परामर्श समितका सदस्य प्रेमबहादुर सिंहले जानकारी दिए ।

१८ साउन विहान काठमाडौं आउने मोदीले ४० मिनेट संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>