समाचारशुक्रबार, साउन १६, २०७१

कोइराला–मोदी वार्ताको अजेन्डा तयार

हिमालखबर

फाइल तस्वीर

१६ साउनमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल–भारत सम्बन्ध, आर्थिक विकासको संभाव्यता, संविधान लेखन, दुईदेशबीच सहकार्यका क्षेत्र र कायक्रमबारेमा छलफल हुने बताएका छन् ।

भारतीय मन्त्रीहरु नआउने

१८ साउनदेखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणमा भारतीय मन्त्रीहरु भने सहभागी हुने छैनन् । यसअघि मोदीसँगै केही भारतीय मन्त्री आउने बताइएको थियो ।

परराष्ट्रमन्त्री पाण्डेले मोदीको भ्रमणमा भारतीय मन्त्री सामेल नहुने जानकारी दिए । मोदीसँग उनका सुरक्षा मामिला सल्लाहकार, परराष्ट्र सचिव भने सहभागी हुनेछन् ।

मन्त्री नआउने भएपछि मोदी भ्रमणका बेला हुने सम्झौताहरु सचिवस्तरीय मात्रै हुनेछन् । मोदीको भ्रमण टोली ७५ जनाको हुनेछ ।

संसदलाई सम्बोधन

पाण्डेका अनुसार मोदी १८ साउन, आईतबार विहान १०: ५५ मा विशेष विमानबाट काठमाडौ आइपुग्नेछन् । उनलाई प्रधानमन्त्री सुशील कोईराला त्रिभुवन अन्तर्राष्ट्रिक्ष् विमानस्थलमा स्वागत गर्नेछन् ।

त्यस लगत्तै मोदीलाई पराष्ट्रमन्त्री महेन्द्र पाण्डेले उनी बस्ने होटल ह्यातमा ब्रिफङ् गर्ने कार्यक्रम छ ।

मोदीले १८ साउन अपराह्न ४:२५ बजे ब्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>