थप समाचारआइतबार, साउन १८, २०७१
आइपुगे मोदी (कार्यक्रमसहित)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय सेनाको आइएफसी–५४ बोइङ ७३७ विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ साउन बिहान ११:०० बजे ओर्लिएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले मोदीलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन् भने मोदीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दिंएको छ ।
दुई दिनको नेपाल बसाईका क्रममा मोदीले प्रधानमन्त्री कोइराला, राष्ट्रपति रामवरण यादव र विभिन्न दलका शीर्ष नेताहरुसँग भेट वार्ता गर्नेछन् ।
१८ साउन अपराह्न ४:२५ मा उनले व्यवस्थापिका बैठकलाई सम्बोधन गर्नेछन् भने १९ साउन विहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ ।
अहिले काठमाडौंको सुरक्षा व्यवस्थ निकै कडा बनाइएको छ ।
मोदीको कार्यक्रमः
१८ साउन (पहिलो दिन)
—————–
१०:५०- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन ।
१०:५०-११:१५ विमानस्थलमा औपचरिक स्वागत । सेनाद्वारा १९ तोपको सलामी ।
११:१५ होटल हयातका लागि प्रस्थान ।
११:२५ होटल हायातमा आगमन ।
१२:३०-१:०० परराष्ट्रमन्त्री महेन्द्र पाण्डेद्वारा भ्रमण तालिका बारे जानकारी र छलफल ।
१:००-२:०० हयात होटलमै लञ्च ।
२:१० सिंहदरवारका लागि प्रस्थान ।
२:३०-३:०० प्रधानमन्त्री सुशील कोइरालासँग भेट ।
३:००-३:३० सिंहदरवारमा दुईपक्षीय वार्ता ।
३:३०-३:४५ विभिन्न सम्झौतामा हस्ताक्षर ।
३:५० संविधानसभा भवनका लागि प्रस्थान ।
४:००-४:१० सभामुखसँग भेटघाट ।
४:२५-४:०५ संविधानसभालाई सम्बोधन ।
५:२५ होटल हायतमा आगमन ।
६:३०-७:३० भारतीय दूतावासद्वारा आयोजित कार्यक्रममा सरिक ।
८:००-९:३० प्रधानमन्त्री सुशील कोइरालाद्वारा होटल सोल्टीमा आयोजित रात्रि भोजमा सरिक ।
१९ साउन (दोस्रा दिन)
———————-
९:३०-१०:१५ पशुपति मन्दिरमा दर्शन र पूजाको कार्यक्रम ।
१०:१५ होटल हायत प्रस्थान ।
११:०० शितल निवासकालागि प्रस्थान ।
११:१५-११:४५ राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता ।
११:५०-१:०० राष्ट्रपतिद्वारा शितल निवासमा आयोजित दिवा भोजमा सरिक ।
१:४५-२:१५ एमाले अध्यक्ष केपी ओलीसँग भेट ।
२:१५-२:४५ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट ।
२:४५-२:३० मधेशकेन्द्रीत दलका नेताहरुसँग भेटघाट ।
२:३०-४:०० प्रमुख उद्योगी व्यापारिहरुसँग भेटघाट ।
४:३० त्रिभुवन विमास्थलका लागि प्रस्थान ।

