समाचारआइतबार, साउन १८, २०७१

मोदी भ्रमणः बढीमा १५ मिनेटमात्र सडक खाली गरिने

हिमालखबर

भारतीय प्रधानमन्त्रीको कारकेट त्रिभुवन विमानस्थलमा । तस्वीर: बिक्रम राई

मोदीको भ्रमणका बेला डेढ घण्टासम्म सडक बन्द गरिने भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा छाएकोप्रति ध्यानाकर्षण जनाउँदै ट्राफिक प्रहरीले बढीमा १० देखि १५ मिनेटसम्म मात्र सडक खाली गरिने दाबी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक केशवप्रसाद अधिकारीले सडक प्रयोगकर्तालाई दुःख नदिने किसिमले ट्राफिक व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले मोदीको भ्रमणलाई ध्यानमाराखी उनी आवतजावत गर्ने मुख्य सडकको ट्राफिक व्यवस्थापनका लागि आवश्यकताअनुरुप ट्राफिक प्रहरी खटाइएको बताए ।

“बजारमा हल्ला चलाइएजस्तो एक/डेढ घण्टा सडक खाली गरिने भन्ने हैन, यसमा सत्यता छैन, सडक प्रयोगकर्तालाई दुःख नदिने हिसाबले नेपालका अन्य भिआइपीहरुको आवतजावतका क्रममा जति समय सडक खाली गरिन्थ्यो त्यसको तीन/चार मिनेट बढीमात्र सडक खुल्ला गरिनेछ”, प्रहरी नायब निरीक्षक अधिकारीले भने ।

सडक र सवारी गतिविधिबारे आवश्यक जानकारी लिन आइतबार र सोमबार ट्राफिक एफएम ९६.५ मेगाहर्ज सुन्न पनि सर्वसाधारणलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>