समाचारमंगलबार, आश्विन ९, २०६९
सरकार तानाशाहीतर्फ उन्मुख: नेता देउवा
सत्तापक्षीय गठबन्धनले १७ असोजदेखि आमसभा गर्ने निर्णयतर्फ उनको संकेत थियो ।
वर्तमान सरकार नहटदासम्म राष्ट्रिय सहमति कायम हुन नसक्ने भन्दै देउवाले एनेकपा माओवादीले मोर्चाबन्दी गर्नु तानाशाही प्रवृत्ति लाद्ने प्रयास भएको र, त्यसले मुठभेडको स्थिति निम्त्याउने वताए ।
उनले यो सरकारले निर्वाचनसमेत गराउन नसक्ने बताए । मुलुकलाई निकास दिनका लागि वर्तमान सरकार हटेर राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा देउवाको जोड थियो ।
