थप समाचारआइतबार, साउन १८, २०७१
मोदीले नेपाल आउँदा वित्तिकै जीतबहादुरलाई परिवारसँग भेटाए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जीतबहादुर(रातो घेरामा)का परिवारसँग ह्यात होटेलमा । तस्वीर: सइद अकबरुद्धिनको ट्वीटरबाट ।
१८ साउन विहान आफूसँगै जीतबहादुरलाई लिएर आएका मोदीले उनका परिवारलाई ह्यात होटलमा भेटघाट गराइदिएका छन् ।
नवलपरासीको कावासोती–१ का जीतबहादुर सारु मगर १० वर्षको छँदा आफ्ना दाजुसँगै रोजगारीका लागि भारत गएका थिए । त्यसबेला दाजु दशरथ नेपाल फर्किए पनि उनी भने दिल्लीमै घरेलु कामदार भएर बसेका थिए ।
तर काम गर्ने ठाउँ फेर्दै जाँदा उनी राजस्थान, मुम्बइ हुँदै गुजारतको अहमदावादसम्म भौतारिएका थिए । त्यसैक्रममा मोदीसँग भेट भएपछि मोदीले उनको लालन पालन र शिक्षाको बन्दोबस्त गरे ।
मोदीले घरको सदस्य जस्तै ब्यवहार गर्ने २७ वर्षे जीतबहादुर अहिले स्नातक अन्तिम वर्षमा गुजरातमै पढ्दैछन् । मोदी प्रधानमन्त्री भएपछि भने उनी होस्टेलमा बस्दै आएका छन् ।
मोदीको नेपाल भ्रमण टोलीमा सहभागी भएका जीतबहादुरलाई मोदीले परिवारसँग ह्यात होटेलमा भेट गराइदिएका हुन् ।
भारतीय दूतावासको सहयोगमा जीतबहादुरकी आमा, दाजु, भाउजु र बहिनीलगायत १७ साउनमै नवलपरासीबाट काठमाडौं आइसकेका थिए ।
