थप समाचारआइतबार, साउन १८, २०७१

मोदी भ्रमणको सफलताका लागि विशेष पूजा

हिमालखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोेदीको भ्रमणका क्रममा पशुपतिनाथस्थित सूर्यघाटमा एक हजार आठ आहूति सूर्य अथर्वशीर्ष तथा मन्त्रोच्चारण गरिएको छ । उक्त कार्यक्रममा गणेश अथर्वशीर्ष र विभिन्न मन्त्र पाठ गरी प्रधानमन्त्री मोदीको भ्रमण सफलताको कामना गरिएको थियो ।

नेपाल तथा भारतको विभिन्न सांस्कृतिक पक्षले दुई देशको एकता र सदियौँ पुरानो मित्रता रहेको त्यसलाई जनस्तरमा फैलाउन आवश्यक रहेको अभियानका संयोजक केशव चौलागाईंले बताए ।

नारायण उपनिषद्मा यज्ञबाट दुश्मनलाई पनि मित्र बनाउन सकिने उल्लेख गरिएको भन्दै समाजमा समान सहभागिता तथा न्याय स्थापना गराउन उद्देश्यले पूजा गरिएको चौलागार्इंले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>