थप समाचारसोमबार, साउन १९, २०७१

पहिरोमा पुरिएका २० शव निकालियो (अपडेट)

हिमालखबर

बिक्रम राई, सिन्धुपाल्चोकबाट

सिन्धुपाल्चोकको मांखा गाविसको जुरे पहाड सुनकोशीमा खस्दा पुरिएका २० जनाको शव १९ साउनमा निकालिएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी सहित उद्दारमा खटिएका टोलीले उत्खनन् गर्दा १९ साउन बिहान एकैठाउँबाट ७ जना, अर्कोठाउँबाट ४ र थप २ जनाको शव निकालिएको हो ।

योसँगै पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २७ पुगेको छ । अझै करिब १५५ जना बेपत्ता छन् ।

पहिरोमा परी बेपत्ताको खोजी गर्ने प्रयास चल्दै । तस्वीरः बिक्रम राई

पहिरोबाट बेपत्ता हुनेमा मांखा, टेकानपुर र राम्चेका छन् । घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी र उद्दारकार्य जारी राखेका छन् । उनीहरुले बिहानैदेखि स्काभेटर र डोजर प्रयोग गरेर खोजी गरिरहेका छन् ।

रहरीका अनुसार पहिरोले मांखा, राम्चे र टेकानपुरका ५२ घर बगाएको र जुरेका १९ घर डुबानमा परेको छ । १७ साउन बिहान ३ बजेतिर मांखा गाविसको जुरे पहाड सुनकोशीमा खसेको थियो ।

सम्बन्धित समाचार ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>