समाचारसोमबार, साउन १९, २०७१
पहिरोले थुनिएको सुनकोशीमा दुई बिष्फोट
बिक्रम राई, सिन्धुपाल्चोकबाट
नेपाली सेनाले सुनकोशी नदीमा बहाव बढाउन १९ साउन दिउँसो दुईटा बिष्फोट गराएको हो । पहिरोले थुनिएर बनेको तालको पानी खुलाउन सेनाले बिष्फोट गराएको हो ।
यसअघि पनि सेनाले तालको पानीलाई निकास दिन बिष्फोट गराएको थियो । सेनाको बिष्फोटपछि पानीको बहाव बढ्न थालेको छ ।
१७ साउन बिहान ३ बजेतिर सिन्धुपाल्चोकको मांखा गाविसको जुरे पहाड नै खस्दा नदी थुनिएको छ ।
सम्बन्धित समाचारः
–नदी खुलाउन विस्फोट गराइयो, जोखिम केही घट्यो ।
–पहिरोमा पुरिएका १७ शव निकालियो (अपडेट)

