थप समाचारसोमबार, साउन १९, २०७१
अब युद्ध गर्दैनौंः चन्द
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द आफूहरु १० वर्षे सशस्त्र युद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् । ललितपुरमा १० साउनमा भएको कार्यक्रममा उनले सरकार र नेकपा–माओवादीबीच १० वर्षे सशस्त्र युद्धबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ छलफल भइरहेको बताए ।
सरकार र निजी संस्थाबाट दिइने शिक्षा समानस्तरको हुुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले शिक्षामा गुणस्तरीय पाठ्यक्रम समावेश हुनुपने बताए । एसएलसी परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालय तथा विशिष्ट श्रेणी प्राप्त गरेका विद्यार्थीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
रासस
