थप समाचारसोमबार, साउन १९, २०७१
पहिरोपछिको पीडा (सात तस्वीर)
शब्द/तस्वीरः बिक्रम राई, सिन्धुपाल्चोकबाट
सिन्धुपाल्चोकको जुरे पहाड भत्किएर आएको पहिरोले मांखा र राम्चे गाविसका तीन बस्तै नै बगायो । राम्चे गाविसका इचिनी भन्ने ठाउँबाट १७ साउन बिहान शुरु भएको पहिरोले ३० जनाको ज्यान लिइसकेको थाहा भइसकेको छ ।
१९ साउन अबेरसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेको छ । अबेरसम्म पुरिएको अवस्थामा रहेको २० जनाको शव निकालिएको छ ।
करिब १५५ जना हराइरहेको सेनाको भनाइ छ । पहिरोमा आफन्त गुमाएकाहरु पीडामा छन् ।







