थप समाचारमंगलबार, साउन २०, २०७१

पाँच वटा लिम्बूवान पक्षधर समूहबीच एकीकरण

हिमालखबर

लिम्बुवान पक्षधर समूहहरु सञ्जुहाङ पालुङ्वा नेतृत्वको सङ्घीय लिम्बूवान राज्य परिषद्, कुमार लिङ्देन नेतृत्वको मञ्चसम्बद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्, वीर नेम्बाङ नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा, कमल छाराहाङ नेतृत्वको सङ्घीय लोकतान्त्रिक पार्टी र रामभक्त कुरुङ्वाङ नेतृत्वको लिम्बूवान मुक्तिमोर्चा नेपालबीच एकीकरण भएको छ ।

धनकुटाको भेडेटारमा साउन १८ र १९ गते सम्पन्न एकता वार्ताबाट पाँचै समूह एकीकरण हुने निर्णयमा पुगेको सङ्घीय लिम्बूवान राज्य परिषद्का अध्यक्ष सञ्जुहाङ पालुङ्वाले जानकारी दिए ।

पाँचवटै समूह एकीकरण भएर ‘सङ्घीय लिम्बूवान पार्टी नेपाल’ नामक नयाँ दल निर्माण भएको पालुङ्वाले बताए ।

नयाँ दलको औपचारिक घोषणा २० साउन दिउँसो धरानमा पत्रकार सम्मेलनमार्फत हुने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>