समाचारमंगलबार, आश्विन ९, २०६९

प्रधानमन्त्रीले राजनीतिक ‘कु’ गरे: कोईराला

हिमालखबर

शुसील कोईराला। तस्बीरः चिरञ्जीवी मास्के/दोलखा

रामेछापको कांग्रेस पार्टी कार्यालयको सिलान्यास गर्न जाने क्रममा ९ असोजमा चरिकोटमा रहेका कोईरालाले पत्रकारहरुसंगको भेटमा सरकार छोडेर सहमतिको बाटो खुला गर्नुपर्नेमा त्यसो नगरी प्रधानमन्त्री डाक्टर भट्टराईले राजनीतिक ‘कु’ गरेको आरोप लगाए ।

उनले सहमतिको बाधक एकिकृत नेकपा माअमोवादी भएको आरोप लगाउदै राष्ट्रिय सहमतिको लागि एकिकृत नेकपा माओवादी विगतमा भएका सहमति प्रति इमान्दार रहनु पर्ने बताए । कोईरालाले नेपाली कांग्रेससँग निष्पक्ष निर्वाचन गराएको ईतिहास भएकोले अब हुने निर्वाचनको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने समेत बताए । नेपाली कांग्रेस भित्र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सामान्य छलफल मात्र भएकोले विवाद भयो भन्नु गलत रहेको चर्चा गर्दै सहमति भयो भने कांग्रेसले आधा घण्टा भित्र प्रधानमन्त्रीको नाम दिने उनले बताए ।

आफु प्रधानमन्त्रीको आकांक्षि नभएको उल्लेद गर्दै सभापति कोईरालाले प्रधानमन्त्रीको लागि आफुले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई मिलेर आउन भनेको स्मरण गरे । उनले भने उहाँहरु मिलेर आउनु भएन भने प्रजातान्त्रिक पद्धति अनुसार पार्टी स्टेरीङ कमिटीले निर्णय गर्छ ।

सभापति कोईरालाले सरकार सम्बद्ध मोर्चाले आन्दोलन गरेर कहि कतै नहुने लाजमर्दो काम गरेको बताए । उनले सोमवार विपक्षि १३ राजनीतिक दलले आन्दोलनको घोषणा गरेको उल्लेख गर्दै आन्दोलन र वार्तालाई सँगसँगै लगिने र सहमति नगरे आन्दोलनबाटै वर्तमान सरकार ढाल्ने चेतावनी समेत दिए । आन्दोलनको विकल्प नभएकोमा नेकपा माओवादी समेत सहमत रहेको कोईरालाको भनाई थियो ।

त्यसैगरी कोईरालाले नेपाली जनता मुलुकको जुनसुकै ठाउँमा आउन जान सक्ने उल्लेख गर्दैै पूर्व राजा ज्ञानेन्द्रलाई जनताको रुपमा मुलुकको जुनसुकै ठाउँमा जाने अधिकार भएको बताए । ज्ञानेन्द्रको कार्यक्रममा नेपाली कांग्रेसको अवरोध नरहेको समेत उनले बताए । भने – अब मुलुकमा राजतन्त्र फर्कने कुनै संभावना छैन त्यसैले जनताको रुपमा पूर्व राजा ज्ञानेन्द्र जुनसुकै ठाउँमा जान सक्छन् अबरोधको आवश्यकता हुदैन ।

-चिरञ्जीवी मास्के, दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>