थप समाचारबुधबार, साउन २१, २०७१

‘चाचा चौधरी’ का सर्जक कार्टूनिस्ट प्राणको निधन

हिमालखबर

क्यान्सरबाट पीड़ित भारतीय कार्टूनिस्ट प्राण शर्माको २० साउन राति निधन भएको ‘टाइम्स अफ इण्डिया’ ले जनाएको छ । प्राणले सन् १९६० मा दिल्लीबाट प्रकाशित हुने अखबार ‘मिलाप’ बाट करिअर शुरु गरेका थिए ।

अंग्रेजी कमिक्सको किताबमात्र पाइने र बालबालिका लागि मनोरञ्जनका साधन निकै कम भएको त्यो जमानामा उनले हिन्दी बालपत्रिका लोटपोटका लागि चाचा चौधरी नामक चरित्रको कार्टून बनाएका थिए । त्यसबेला ‘चाचा चौधरी’ नेपाल, बंगलादेश र पाकिस्तान जस्ता दक्षिण एशियाली देशका बालबालिकाहरुले पनि औधि रुचाएका थिए ।

चाचा चौधरीको चरित्र निर्माणपछि उनी भारतीय कमिक जगतकै सफल कार्टूनिस्टमध्येमा गनिन थाले ।

उनले चाचा चौधरी र साबू बाहेक डायमंड कमिक्सका लागि अन्य चरित्रहरुको पनि सिर्जना गरेका थिए । जसमध्ये रमन, बिल्लू र श्रीमतीजी जस्ता चरित्र चर्चित भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>