थप समाचारबुधबार, साउन २१, २०७१
मेचीका ४ जिल्ला अचानक बन्द
उज्यालो यातायात व्यवसायी सङ्घले झापाबाट लामो दूरीका बस सेवा सञ्चालन गर्ने जनाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विरोध गर्दै २१ साउनमा झापा, इलाम, पाँचथर र ताप्लेजुङमा यातायात बन्द गराएको छ ।
बन्दका कारण मेची राजमार्गअन्तर्गत इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने लामो तथा छोटो दुरीका कुनै पनि सवारीसाधन चलेका छैनन् । यातायात नचल्दा सयौँ यात्रु इलाम बसपार्कमा अलपत्र परेका छन् ।
बिना जानकारी एक्कासि यातायात बन्द गर्दा आफूहरू मर्कामा परेको इलाम प्याङ्का तीर्थ नेपालले गुनासो गरे । “बिहानै राँके जान भनी आएको, यातायात बन्दले बर्वाद पा¥यो”, उनले दुःखेसो पोखे ।
गैरव्यवसायीले उज्यालो सङ्घको नाममा रकम असुल्न थालेपछि विरोधस्वरुप यातायात बन्द गर्नुपरेको महासङ्घका मेची अञ्चल संयोजक लक्ष्मीप्रसाद सिटौलाले दाबी गरेका छन् ।
