समाचारबुधबार, साउन २१, २०७१

बेपत्ता सबै मृत घोषित, नदीको बहाव उस्तै (भिडियो सहित)

हिमालखबर

खोजी कार्य गर्न सम्भव नभएको र बेपत्ताका परिवारले कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिसकेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिले बेपत्ता सबैलाई मृतक घोषणा गरेको छ । बेपत्ता १५६ जनामध्ये २० साउनसम्म ३३ शव फेला पारेको थियो ।

पहिरोले पुरिएर ताल बनेको सुनकोसी नदीको बहाव हिजोकै अवस्थामा भएको र आज थप कुनै सुधार हुन नसकेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले २० साउनदेखि राहत वितरण शुरु गरेको छ । प्रत्येक मृतकलाई रु ४० हजारका दरले ४३ मृतकका परिवार र क्षतिग्रस्त प्रतिघरको पाँच हजारका दरले ३६ घर परिवारलाई खाद्यान्नलगायत उद्धार सामग्री वितरण भइसकेको र वितरण कार्य जारी रहेको समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>