थप समाचारबुधबार, साउन २१, २०७१

बसभित्रै सामूहिक बलात्कार

हिमालखबर

-तुफान न्यौपाने, नेपालगञ्ज

रुकुमकी एक युवती नेपालगञ्जमा बसभित्रै सामूहिक बलात्कारको शिकार भएकी हुन् । रुकुमबाट नेपालगञ्ज आएको ना ४ ख ५१६७ नम्बरको रात्री बसमा २१ साउन बिहान तीनबजेतिर बलात्कार भएको प्रहरीले जनाएको छ ।

२० साउनमा बस चढेर बाँकेको शमसेरगञ्जस्थित मामा घर आएकी १८ वर्षीया युवतीलाई दुई युवाले बलात्कार गरेका हुन् ।

जबरजस्ती करणीको अभियोगमा दाङ तुलसीपुर—९ घर भएका बसका सहचालक साने भनिने सुमन बिसी र दैलेखको नारायण नगरपालिका—८ घर भएका बस चालक चंख्ये भनिने अजिव सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले दाङको तुलसीपुर बजारबाट नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>