समाचारबुधबार, आश्विन १०, २०६९

जिप दुर्घटनामा ६को मृत्यु

हिमालखबर

स्याङ्जाको वालिङबाट पर्वतको उरामपोखरा गाविसतर्फ जाँदै गरेको ग १ ज ४६७९ नम्बरको जिप शालिग्राम गाविस वडा नं २ दरौखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा  उरामपोखरा गाविस–६ का ६८ वर्षीया वसुन्धरा भट्टराई, उरामपोखरा– ५ का ५६ वर्षीय डिल्लीराम भुसाल, वडा नं ४ का ६४ वर्षीय मनबहादुर बस्याल, वडा नं ३ का यामबहादुर थापा, सोही ठाउँकी १८ वर्षीया जितकुमारी थापा र सोही ठाउँकै ७६ वर्षीय भक्तराम रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन यात्रुको वालिङमा उपचार भइरहेको छ ।

उकालोमा जिप पछाडि सरेपछि नियन्त्रणमा राख्न नसक्दा रानीपानी हुवास सडकखण्डमा सडकबाट ४०० मिटर तल भिरबाट जिप खसेको हो । प्रहरी र स्थानीयवासीले घाइतको उद्धार गरेका थिए । जिपका चालक भने फरार छन् ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>