समाचारबिहीबार, साउन २२, २०७१

बाढी पहिरोबाट ७३ को मृत्यु, १२३ वेपत्ताः गृहमन्त्री

हिमालखबर

himalkhabar

हिमाल अर्काइभ

व्यवस्थापिका–संसदको २१ साउनको बैठकमा गृहमन्त्री बामदेव गौतमले बाढी पहिरोका कारण ललितपुर, बाजुरा, प्युठान, कैलाली, सिन्धुपाल्चोक, सङ्खुवासभा, गुल्मी, कञ्चनपुरलगायतका दस जिल्ला प्रभावित भएको, ४२ जना घाइते भएका, १२३ जना हराइरहेका, १०४ वटा घर पूर्ण रूपमा क्षति भएको र १२२ घर वटामा आंशिक क्षति पुगेको विवरण प्रस्तुत गरेका छन् ।

सन्धुपाल्चोक र सङ्खुवासभाबाहेकका जिल्लामा रु १० करोड बराबरको भौतिक क्षति भएको, सिन्धुपाल्चोक र सङ्खुवासभामा बाढी र पहिरोले पु¥याएको क्षतिबारे अध्ययन भइरहेको र हालसम्म रु २८ लाखभन्दा बढी रकम राहतस्वरूप वितरण भइसकेको गृहमन्त्री गौतमले सदनलाई जानकारी दिए ।

उनले मुुलुकमा विपद् व्यवस्थापनका लागि मानव शक्तिका साथै ठूलो धनराशि आवश्यक भएको र मानवीयलगायतका क्षतिलाई कम गर्न आफ्नो नेतृत्वमा गठित केन्द्रीय विपद् व्यवस्थापन समितिले काम गर्दै आएको बताए ।

गौतमले जुरेको पहिरोमा परेकामध्ये हालसम्म ३३ जनाको शव प्राप्त भएको, २७ जना घाइते भएको, १२३ जना बेपत्ता भएको, ११५ घर वटा पूर्ण रूपमा क्षति भएको, ४३६ जना विस्थापित भएको र ५६ वटा घर पूर्ण जोखिममा रहेको सदनलाई जानकारी दिए ।

उनले अवरुद्ध राजमार्ग र वैकल्पिक मार्गको ट्र्याक खुलाउने प्रयाससमेत भइराखेको जानकारी दिँदै सुनकोसी नदीमा थुनिएको ताल फुटाउन नेपाली सेनाका प्राविधिकहरू क्रियाशील रहेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>