समाचारबिहीबार, साउन २२, २०७१

पूर्वाञ्चल विश्वविद्यालयका दुई उपकुलपतिसहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले पूर्वाञ्चलका पूर्व उपकुलपति, रजिष्ट्रार, डीन, आर्थिक प्रमुख, वरिष्ठ अधिृकत र प्रशासकीय अधिृकतविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वाञ्चलको मेडिकल प्रयोगशालाका लागि चाहिने मेडिकल उपकरण र फर्निचर खरीदमा भ्रष्टाचार भएको ठहरसहित २२ साउनमा मुद्दा दायर गरेको हो ।

पूर्व उपकुलपति जगतबहादुर केसी र प्रा.डा. रामावतार यादव, तत्कालीन रजिष्ट्रार भोगेन्द्रप्रसाद उपाध्याय र सन्जेशप्रसाद कोइराला, पूर्व डीन खेमराज कैनी र प्रा.डा. प्रदीपराज प्रधान, तत्कालीन आर्थिक प्रमुख भुपेन्द्रप्रसाद खनाल, वरिष्ठ अधिकृत नारायणप्रसाद दाहाल र प्रशासकीय अधिकृत सुकेश कर्णले भ्रष्टाचार गरेको अख्तियारका सहन्यायाधीवक्ता श्रीधर सापकोटाले बताए ।

उनीहरुले मेडिकल प्रयोगशालाका लागि चाहिने मेडिकल उपकरण र फर्निचर खरीदमा वदनियतपूर्वक विश्वविद्यालयलाई नोक्सान पुर्‍याएको अख्तियारको दावी छ । अख्तियारले उनीहरुविरुद्ध रु.१ करोड २१ लख १८ हजार ८३४ बिगो दावी गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>