समाचारशुक्रबार, साउन २३, २०७१
पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु
सिन्धुपाल्चोकको बाँसखर्कमा घरमाथिबाट आएको पहिरोमा परी वडा नं ३ का ३९ वर्षीय वाङ्गेल लामा र उनकी श्रीमती ४० वर्षीया मोती लामा रहेको घटनास्थल पुगेका तिपेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उपेन्द्र चौलागाईंले जानकारी दिए ।
मृतकका दुई बालबालिका छिमेकीको घरमा टेलिभिजन हेर्न गएको र उतै सुतेकाले बच्न सफल भएको स्थानीय परालिगल कमिटीका अध्यक्ष सीता श्रेष्ठले बताइन् ।
