समाचारशुक्रबार, साउन २३, २०७१

‘चरी’ मारिएको बिरोधमा धादिङ बन्द

हिमालखबर

युवा संघ नेपालले आह्वान गरेको बन्दका कारण धादिङमा यातायात, बजार र शिक्षण संस्था चल्न सकेका छैनन् । उनीहरुले धादिङबाट छुट्ने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्न दिएका छैनन् ।

तर, धादिङ हुँदै राजमार्गमा भने गाडी चलिरहेको धादिङ प्रहरीले जनाएको छ । धादिङका बजार तथा शिक्षण सस्था ठप्प छन् ।

सदरमुकाम धादिङवेंशीमा भने युवा संघका कार्यकर्ताले नारावाजी गरिरहेका छन् । ‘चरी’ एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्व उपाध्यक्ष थिए ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न दिनेश अधिकारी ‘चरी’ २१ साउनमा प्रहरीसँगको मुठभेडमा मारिएका थिए ।
सानुबाबु तिमिल्सिना, धादिङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>