समाचारशुक्रबार, साउन २३, २०७१

वर्षामै बढ्यो लोडसेडिङ (तालिकासहित)

हिमालखबर

नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन घटेको भन्दै लोडसेडिङको समय सातामा ४० घण्टाबाट बढाएर ६० घण्टा पुर्‍याएको छ ।

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले गर्दा प्रसारण लाइनको टावर ध्वस्त भएको, सुनसकोसी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुग्दा ६७ मेगवाट बिजुली उत्पादन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कुसाहा(कटैया प्रसारण लाइनको कन्डक्टर फेर्नुपर्ने भएकाले पनि लोडसेडिङ थप बढेको हो ।

नयाँ तालिका अनुसार सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे ७ घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा लोडसेडिङ हुने भएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>