समाचारशुक्रबार, साउन २३, २०७१

‘चरी’ जवाफी कार्वाहीमा मारिएका हुन्: गृहमन्त्री गौतम

हिमालखबर

ब्यवस्थापिका संसदको २४ साउनमा बसेको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिंदै गृहमन्त्री वामदेव गौतमले दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले शंकास्पद अवस्थामा भेटेपछि उनले नै प्रहरीमाथि फायरिङ गरेको र जवाफी कारबाहीमा अधिकारी मारिएको जानकारी गराएका छन् ।

अधिकारी विभिन्न अपराधमा संलग्न भएको र उनी शंकास्पद अवस्थामा काठमाडौंबाट भीमढुंगा हुँदै धादिङ जाँदै गरेको सूचनाका आधारमा सो क्षेत्रमा टोली परिचालन गरिएको गौतमले बताए ।

“प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा गोली चलाएपछि जवाफि कारबाहीमा उनी मारिएका हुन्,” गौतमले भने , “निजको मृत्युका बारेमा केन्द्रीय प्रहरीले तथ्य संकलन गरीरहेका छ। विस्तृत्त जानकारी प्राप्त भएपछि सदनलाई जानकारी गराउने छु।”

गृहमन्त्री गौतमले अधिकारी २०६२ सालदेखि नै विभिन्न अपराधमा संलग्न रहेको, गम्भीर फौजदारी अभियोगमा मुद्दा विचाराधिन रहेको अवस्थामा अधिकारीमाथि राधाकृष्ण भण्डारीलाई काठमाडौंको वनस्थलीमा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोग रहेको बताए ।

हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिएर रकम असुल गर्न खोजेको तथा अपहरण प्रयास गरेको, नवराज अधिकारीसँग रकम माग गरेको र अवैद्य हातहतियार भित्र्याएको भन्ने उजुरीको आधारमा प्रहरीले खोजी गरिरहेको अवस्थामा अधिकारीको मृत्यु भएको गृहमन्त्रीले बताए ।

गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै एमाले सांसद राजेन्द्रप्रसाद पाण्डेले घटना नियोजित रहेको दाबी गर्दै त्यत्तिकै नसकिने चेतावनी दिएका छन् ।

सांसद पाण्डेले टिप्पणी गर्न खोज्दा उनलाई नियममा टिप्पणी गर्ने कानूनी व्यवस्था नरहेको भन्दै सभामुख सुवासचन्द्र नेम्वाङले रोकेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>