समाचारशनिबार, साउन २४, २०७१

जिरीमा पहिरोमा परी चारको मृत्यु

हिमालखबर

२४ साउन विहान करिब तीन बजे जिरी गाविस वडा नम्बर १ बसपार्क क्षेत्रमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको र आठ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार ५ वर्षीय सुजल जिरेल, १२ वर्षीया सुष्मा जिरेल र ३७ वर्षीया पेमा दोमा तामाङ र उनकी छोरीको मृत्यु भएको छ ।

घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको काफ्लेले बताए ।
सर्मिला बुढाथोकी,दोलखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>