समाचारशनिबार, साउन २४, २०७१
‘चरी’ प्रकरणः रामकुमारी झाँक्रीको टिप्पणी
चरी प्रकरणमा एमाले युवा नेता रामकुमारी झाँक्रीको फेसबुक स्टाटसः
म नेकपा एमाले भएकोमा गर्व गर्छु तर बेला बेलामा एमालेका केहि नेताले गरेका क्रियाकलापले लज्जित हुनुपर्दा सार्है पिडा हुदो रहेछ ।
प्रसंग ‘चरी’ ।
विचार, सिदान्त ईमान र नैतिकता झुकेको बेला सायद यस्तै हुन्छ होला ।
किन कि चुनाव यस्तै मसलाले मात्र जितिन्छ भन्ने भ्रम भएपछि ।
मैले माननीय राजेन्द्र पाण्डे र मा। गंगालाल तुलाधरलाई उत्तेजनामा नआउन अनुरोध गरेथें ।
ता कि पार्टी बदनामीबाट बचोस भनेर ।
जवाफ पनि पाएँ ‘के नागरीक मार्न पाईन्छ भनेर’ ।
मेरा अरू धेरै प्रश्न को जवाफ पार्टी भित्रै खोज्न लड्नेछु यो प्रवृतिको बिरुद्द बस् यति।

