थप समाचारशनिबार, साउन २४, २०७१
दक्ष प्राध्यापक नियुक्त भएमात्र शिक्षामा सुधार हुन्छः उपाध्याय
नेपाल प्राध्यापक सङ्घको ५२औँ वार्षिक दिवसका अवसरमा २४ साउनमा काठमाडौंमा आयोजित ‘नेपालमा उच्च शिक्षाको चुनौती’ विषयक अन्तक्र्रियामा अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक हस्तक्षेप, भागबन्डाका कारण नेपालको शैक्षिक गुणस्तर खस्कदै गएको धारणा व्यक्त गरेका छन् ।
उपाध्यायले उचित पारिश्रमिक दिएर योग्यभन्दा योग्य प्राध्यापकको छनोट गर्ने हो भने प्राध्यापकले गुणस्तरीय अध्यापन गराउने प्रष्ट पारे ।
सङ्घले विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुको मर्यादाक्रम तत्काल निर्धारण गर्नुपर्ने, प्राध्यापकहरुको तलबमान सार्कस्तरको तलबमान सरह निर्धारण गर्नुपर्ने, विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी समुदायबाट सञ्चालित सम्पूर्ण क्याम्पसहरुको पब्लिक विश्वविद्यालयको स्थापना गर्नुपर्ने, राज्यका नीति निर्माण प्रक्रियामा प्राध्यापकको विशेषज्ञताको सदुपयोग गर्ने परिपाटी बसालिनुपर्नेलगायतका माग राख्दै आएकोे छ ।
